खाेज्नुहाेस

गोदावरीमा मनाइयो जेष्ठ नागरिक दिवस

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । गोदावरी नगरपालिका कार्यालयको आर्थिक सहयोगमा गोदावरी जेष्ठ नागरिक समाजले र्‍याली सहित औपचारीक कार्यक्रम गरी दिवस मनाएको हो ।

दिवसको अवसरमा सामाजले बिहान ब्यानर सहित बिभिन्न नारा लेखिएका पोष्टर बोकेर अत्तरिया चोकमा परिक्रमा गरेको थियो । र्‍यालीका क्रममा जेष्ठ नागरिकहरुले ‘३१ औं अन्तराष्ट्रिय दिवस सफल पारौं’, ‘जेष्ठ नागरिक अभियानका अभियन्ताको सम्मान गरौं’, ‘सबै उमेर समूहको लागि बिद्युतिय प्रबिधिको प्रयोगमा समानता’ लेखिएका ब्यानर बोकेका थिए ।

attariya hospital

र्‍याली पछि अत्तरिया पतजंलिको हलमा आयोजित औपचारीक कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि रहेकी सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पुर्वाधार विकास राज्यमन्त्री चुन कुमारी चौधरीले जेष्ठ नागरिकको सबैले सम्मान गर्नुपर्ने बताइन् ।

उनले जेष्ठ नागरिको देश विकासमा ठूलो योगदान हुने भएकाले जेष्ठ नागरिकको सबैले सम्मान गर्नुपर्ने बताइन् । ‘सुदूरपश्चिम सरकारको मान्यता पनि जेष्ठ नागरिकलाई संगसंगै लिएर जानुपर्छ भन्ने हो’ उनले भनीन् ‘गोदावरीका जेष्ठ नागरिकहरुले सभाहलको निर्माण गरिदिन माग गर्नुभएको छ । सो सभाहल बनाउने योजना बजेटमा परिसकेको छ । अलि प्राबिधिक त्रुटी भएकाले सुधार भईरहेको छ ।’

navjiwan hospital

उनले जेष्ठ नागरिकका लागि बृद्धाआश्रमको बनाउनु गलत भएको बताईन् । ‘जेष्ठ नागरिक रमाउनको लागि हल, सभाहल बनाउन सकिन्छ । साँझ आफ्ना छोराछोरी संग बस्नु पर्छ’ उनले भनीन ‘म बृद्धाआश्रमको विरोधि हो । किनभने जन्मदिने आमाबुवालाई बाचुन्जेल छोराछोरीले पाल्नुपर्छ । सेवा गर्नुपर्छ । अहिले हामीले जेष्ठ नागरिकको सेवा गरेनौ भने भोली हामी पनि त्यो ठाउँमा पुग्छौ । त्यसैले हामी सबै सचेत हुनुपर्छ ।’

कार्यक्रममा बिशिष्ट अथिती रहेकी गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले जेष्ठ नागरिकलाई सधै माया र सम्मान दिनुपर्ने बताईन् । उनले जेष्ठ नागरिकलाई अन्य कुराभन्दा पनि सम्मानको बढी आवश्वकता हुन्छ उनले भनीन ‘सबैले परिवारमा जेष्ठ नागरिकलाई माया र सम्मान दिउँ ।’ उनले जेष्ठ नागरिकको सम्मान सहयोगका लागि गोदावरी नगरपालिका सदैभ तयार रहेको बताईन् ।

उनले जेष्ठ नागरिकको भवनमा दिवा खाजा र अन्य व्यवस्थापनको लागि नगरपालिकाको महिला शाखाबाट सहयोग गरिरहेको बताइन् । नगरपालिकाले जाडो मौसमका लागि सम्मान र सहयोगका लागि पनि बजेट विनियोजन गरेको नगर उपप्रमुख कडायतले बताईन् ।

जेष्ठ नागरिक समाजका अध्यक्ष खडक राज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनप्रतिनिधि, बिभिन्न संस्थाका प्रतिनिधि, सामाजसेवी लगायत गोदावरीका जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

यस बर्ष संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ तय गरेको छ ।