खाेज्नुहाेस

कैलालीमा कार्यरत २४ कर्मचारी सम्मानित

Image

धनगढी – कैलालीमा कार्यरत २४ जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन । ‘जसको कोही छैन, त्यसको हामी छौं अभियान नेपाल’ नामक संस्थाले कैलालीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी सहित २४ कर्मचारीलाई संस्थाले सम्मान गरेको हो ।

navjiwan hospital

संस्थाले बुधबार जिल्ला समन्वय समितिको कार्यालय धनगढीमा विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको छ ।

attariya hospital

सम्मानीत हुनेमा सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्मा पौडेल सहितका स्वास्थ्यकर्मी तथा विभिन्न कार्यालयका कर्मचारी रहेका छन ।

उक्त संस्थाका संयोजक नेत्र भण्डारीले चिकित्सक, स्वास्थ्यकर्मी र राष्ट्र सेवक कर्मचारीले महामारीका बेला पु¥याएको योगदानको कदरस्वरुप प्रशंसापत्रसहित सम्मान दिइएको बताए ।