खाेज्नुहाेस

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १८ कोरोना संक्रमित थपिए

Image
navjiwan hospital

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ८३ नमूनाको कोरोना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ८ सय ९२ नमूनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा ४ जना र ९१ जनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार १ सय ५६ पुगेको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार १ सय ९० पुगेको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कसैले पनि कोरोनाका कारण ज्यान गुमाएका छैनन् । हाल प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ९३ रहेको छ ।

प्रदेशका विभिन्न अस्पतालमा हाल २० जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये सेती प्रादेशिक अस्पतालमा ९, डडेल्धुरा अस्पतालमा ६, महाकाली अस्पतालमा ३, बैतडी र डोटी अस्पतालमा १/१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

उपचाररत मध्ये ५ जना भेन्टिलेटर र ५ जना आइसियुमा रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।