खाेज्नुहाेस

देशभर ११५८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

Image

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १ सय १५ पुगेको छ ।

navjiwan hospital

मंगलबार १ हजार ३१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार ४ सय २२ सक्रिय संक्रमित रहेका छन् ।

attariya hospital

गत चौबीस घन्टामा ११ हजार ६ सय ७२ पीसीआर तथा २ हजार ३ सय ३१ एन्टिजेन परीक्षण भएको छ ।