धनगढी – सुदूरपश्चिम प्रदेशमा पनि परिक्षणकालिका चालक अनुमतिपत्र वितरण सुरु गरिएको छ ।
उक्त कार्यको आइतबार एक कार्यक्रमका बिच प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरीले परीक्षणकालीन सवारी चालक अनुमतीपत्र वितरण कार्यको शुभारम्भ गरेकी छिन ।


परीक्षणकालीन सवारी चालक अनुमत पत्रको शुभारम्भ गर्दै राज्यमन्त्री चौधरीले अब चिट बोक्नुपर्ने बाध्यताको अन्त्य भएको बताइन् । बाटोमा चेकिङ हुने र त्यसका लागी चिट बोक्नुपर्ने थियो राज्यमन्त्री चौधरीले भनिन् ‘पानीले भिज्ने, हराउने झन्झटबाट मुक्ति पाइएको छ, यसमा प्रदेश सरकारले पूर्ण सहयोग गरेको छ ।
यातायात कार्यालय सेतीले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागु गर्ने निर्णय गरेसँगै प्रदेशमा परिक्षणकालिन चालक अनुमतिपत्र वितरण गर्ने बाटो खुलेको हो ।
चालक अनुमतीपत्र वितरण शुरु भए सँगै १ वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता पनि अन्त भएको छ ।

















