दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–३ स्थित बडुगाउँ बस्ने ५० वर्षीया द्रोपती बडुको करेण्ट लागेर मृत्यु भएको छ । आफ्नै बारीमा घाँस काट्ने क्रममा बिद्युतको तारबाट करेन्ट लागेर बडुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता सिरहा, बरियारपट्टी गाउँपालिका १ छोटकी टोल बस्ने ५५ वर्षीय महेश्वर सिंहको पनि करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिंहको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

















