खाेज्नुहाेस

त्रिशूलीमा कार खस्यो, तीन जना बेपत्ता

Image

चितवन — पृथ्वी राजमार्गको मुग्लिननजिक बिहीबार राति त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको हो ।

navjiwan hospital

घटनामा कारचालकसहित तीन जना बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । कारमै रहेका पोखरा–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदीको भने उद्धार भएको छ । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

attariya hospital

उक्त कार काठमाडौंबाट पोखरा जान मुग्लिनतर्फ आइरहेको जानकारी प्राप्त भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सूर्यबहादुर थापाले बताए । ‘चितवन प्रहरीले राति पौने २ बजेतिर घटनाको जानकारी पाएको हो,’ उनले भने, ‘राति ११–१२ बजेको बीचमा घटना भएको हुन सक्छ ।’

कारसँगै बेपत्ता हुनेमा चालक कास्कीको पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल तथा ईश्वरी भुजेल रहेको डीएसपी थापाले जानकारी दिए ।