खाेज्नुहाेस

१२ बर्षदेखि फरार चुरेका २ अभियुक्त पक्राउ

Image

अत्तरिया – १२ बर्ष देखि फरार २ अभियुक्त पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीले १२ बर्ष देखि फरार चुरे गाउपालिका – ५ खानिडाँडाका दिपक अधिकारी र गंगा बहादुर अधिकारीलाई पक्राउ गरेको हो ।

navjiwan hospital

उनीहरुलाई अस्थाई प्रहरी पोष्ट खानिडाँडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुवैजना जिल्ला अदालत कैलालीबाट सवारी ज्यान मुद्दामा दण्ड सजाय पाएर फरार रहेका थिए ।

attariya hospital

जसमध्ये प्रतिवादी दिपकलाई अदालतले २०६६ साउन २७ गतेको १ बर्ष ११ महिना १० दिन कैद सजाय तोकेको थियो भने प्रतिवादी गंगा बहादुर अधिकारीलाई २०५८ साल असार १२ गतेको ६ महिना कैद सजाय तोकेको थियो ।

पक्राउ परेका दुवैजनालाई अदालत मार्फत कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।