बैतडी – बैतडीमा एक मासु व्यवसायीको सव फेला परेको छ ।

जिल्लाको सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका अन्दाजी ४५ वर्षीय कमलसिंह महराको शव फेला परेको हो ।

मृतकको टाउको, छाति र शरिरका विभिन्न भागमा चोटपटक रहेकाले हत्या गरेर फालिएको हुन सक्ने आशंका गरिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बिहीबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ ।

















