खाेज्नुहाेस

अवकाश पाएपछि विद्यालयमा अक्षयकोष स्थापना

Image

अत्तरिया – डोटीको आदर्श गाउँपालिका वडा नं. २ नुवाकोट कोटान्जरमा रहेको कालिभैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक भोजराज भट्टले विद्यालयमा १ लाखको अक्षयकोष स्थापना गरेका छन ।

विद्यालयबाट अनिवार्य अवकाश प्राप्त गरेपछि उनले सोही विद्यालयमा १ लाख १ सय ५१ रुपैया बराबरको अक्षयकोष स्थापना गरेका हुन ।विपन्न वर्गका बालबालीकाहरुको पढाईका लागी सहयोग पुगोस भन्ने हेतुले आफुले अक्षयकोष स्थापना गरेको भट्टले बताए ।

attariya hospital

‘पहाडी क्षेत्रका स्थानिय प्राय कृषि पेशामा संलग्न हुन्छन, परम्परागत कृषि प्रणालीका कारण विकट पहाडी क्षेत्रका स्थानिय सँग आर्थिक अभाव हुन्छ’ उनले भने ‘आर्थिक अभावका कारण पढाईमा ईच्छा हुँदा हुदै पनि बालबालीकाहरुले विद्यालय जान पाएका हुदैनन, त्यस्ता विद्यार्थीहरुको पढाईका लागी सहयोग पुगोस भनेर मैले सेवा गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेको हुँ ।’

navjiwan hospital

यसका साथै विद्यालयबाट कक्षा ८ र एसईई परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्न पनि अक्षयकोष स्थापना गरिएको उनले बताए ।

विकट क्षेत्रमा वि.सं. २०४० साल ११ महिना १ गतेदेखी उक्त विद्यालयको संस्थापक प्रधानाध्यापकका रुपमा कार्य गरेका भट्टले ३८ वर्षे अवधीमा विद्यालयको भौतिक, आर्थिक र समग्र शिक्षाको पाटोलाई माथी उकास्न उल्लेखनिय योगदान दिएका छन ।

संस्थापक देखी २०७८/०४/१० गतेसम्म प्रधानाध्यापकका रुपमा कार्यरत भट्टले विद्यालयलाई आधारभुत तहदेखी माध्यमिक तहसम्म पु-याउनुका साथै विद्यालयमा भौतिक संरचना, फर्निचर, खानेपानी लगायतका सुविधाहरु ल्याउन सफल भएको बताए ।

उनले विद्यालयमा उत्कृष्ट कार्य गरेवाफत २०६६ सालमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको समेत अनुभव सुनाए । उनलाई विद्यालयले पनि दोसल्ला, खादा, सेवापदक र प्रमाणपत्र दिएर विदाई गरेको थियो ।