खाेज्नुहाेस

आज विश्व अल्जाइमर दिवस 

Image

आज विश्व अल्जाइमर दिवस । प्रत्येक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाइदैं आइएको छ । यो वर्ष पनि ‘डिमेन्सिया बारे थाहा पाऔँ, अल्जाइमर बारे थाहा पाऔँ’ भन्ने नाराका साथ सेप्टेम्बर महिना भर मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार अहिले विश्वमा ५ करोड ५० लाख व्यक्तिहरू डिमेन्सियाबाट पीडित रहेका छन् भने प्रत्येक वर्ष १ करोड नयाँ बिमारीहरू थपिँदै गएका छन् । त्यसैले पनि अल्जाइमर रोगको समस्या विश्वमा तीव्र रूपमा बढिरहेको देखिन्छ ।

attariya hospital
navjiwan hospital

अल्जाइमर रोग मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको समस्या हो । यो समस्या साधारण रूपमा सुरु हुन्छ र पछि गएर जटिल किसिमको समस्या बनेर देखा पर्ने गर्छ । सामान्य अवस्थामा हुँदा धेरै व्यक्ति वा परिवारका सदस्यहरूले यो समस्या प्रति वास्ता नै गर्दैनन् पछि गएर यही समस्या जटिल बनेर देखा पर्ने गर्छ ।

यो हुनुको मुख्य कारण भनेको धेरै व्यक्तिलाई अल्जाइमर रोगको विषयमा जानकारी नहुनु नै हो । तर अल्जाइमर रोगको प्रकृति र यसले ल्याउने समस्यालाई हेर्ने हो भने यो रोगको विषयमा घरमा वृद्ध अवस्थाका व्यक्ति भएको परिवार वा कुनै बेला आफू पनि वृद्ध अवस्थामा पुगिन्छ भन्ने कुराको महसुस गर्ने व्यक्तिहरूले अल्जाइमरको विषयमा जानकारी भने राख्नै पर्छ ।

मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुदैं जान्छ । यो प्रक्रियालाई डिमेन्सिया भनिन्छ । यसरी मस्तिष्कका कोशहरू नष्ट हुदैं गएपछि उक्त व्यक्तिले केही बेर अगाडी गरेकै कुराहरू बिर्सन थाल्छ ।

यो बिर्सने क्रम बढ्दै गएपछि उक्त व्यक्तिलाई अल्जाइमर हुन्छ । सामान्य प्रक्रियाको रूपमा देखिएको बिर्सने समस्या बढ्दै गएर अल्जाइमर हुन्छ र यो विषयमा रोग लागेकै व्यक्तिलाई समेत थाहा हुँदैन । यो समस्या सबैलाई थाहा हुदैंन भन्ने पनि होइन ।