अत्तरिया – ३२ महिना अगाडी कैलालीको अत्तरियामा स्थापना गरिएको न्यू सत्कार दोहरी साँझ नयाँ व्यवस्थापनका साथ फरक स्थानमा संचालन गरिएको छ । अत्तरिया बसपार्क अगाडी संचालित दोहरी साँझ अत्तरियाकै महेन्द्रनगर रोडमा नयाँ व्यवस्थापनका साथ संचालनमा ल्याइएको हो ।
नयाँ ठाउँमा स्थापित दोहरी साँझको शुक्रबार उद्घाटन गरिएको छ । दोहरी साँझको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले रेबन काटेर उद्घाटन गरेकी थिइन् ।


मनोरन्जनका साथै लोक, देउडा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले दोहरी साँझको स्थापना गरिएको संचालिका धना चोखालले बताइन् । ‘यहाँका देउडा, दोहरी लोप हुँदै गएका छन । यिनको संरक्षणमा सहयोग पु¥याउन दोहरी साँझले महत्तपूर्ण भूमिका खेल्छ’ उनले भनीन् ‘बाह्य क्षेत्रबाट आउने प्रर्यटकहरुलाई यस क्षेत्रका कला संस्कृति देखाउने थलोको रुपमा पनि दोहरी साँझ बन्न सक्छ ।’

उनले कोरोना महामारीका कारण भने व्यवसाय संचालमा समस्या परेको बताइन् । ‘कोरोना महामारीका कारण दोहरी साँझ संचालन गरेको ३२ महिनामा ८ महिना मात्रै संचालनमा आएका छ’ उनले भनीन् ‘कोरोना महामारीका कारण व्यवसायमा हरेस खाईसकेको अवस्था छ ।

त्यै पनि आफूले गरेको कामलाई नियमितता दिन र कला संस्कृतिको जगेर्ना संगै यस क्षेत्रका कलाकारको लागि मञ्च दिन दोहरी साँझ संचालनमा ल्याएका छौ ।’
उनले दोहरी साँझ पहिलोको भन्दा पनि फराकिलो स्थानमा व्यवस्थिति रुपमा संचालन गरिएको बताईन् । दोहरी साँझ स्थापनका लागि करिब ३६ लाख खर्र्च भएको संचालिका चोखालले बताइन् । उनले दोहरी साँझमा कलाकार सहित १५ जनाले रोजगारी पाएको बताईन् ।



















