अत्तरिया – नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले गोदावरीमा राजधानी निर्माण गर्न ओली बाधक भएको बताएका छन ।
नेकपा एकीकृत समाजवादी गोदावरी नगरकमिटीले अत्तरियामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता सोराडीले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा निर्माण गर्न एमालेका अध्यक्ष ओली बाधक बनेको बताएका हुन ।


उनले अहिले सम्म पनि प्रदेश सरकारले जग्गा प्राप्त गर्न नसक्नुका पछाडी ओली बाधक भएकोब बताए । उनले ओलीले जतिसुकै षड्यन्त्र गरेपनि राजधानी गोदावरीमै बनाएर छाड्ने बताए ।
उनले भीम रावलको आफूहरु भक्त नभएको बताए । ‘रावलले हामीसँग सहकार्य गर्दा हामीले नेता मानेका थियौं,’ उनले भने, ‘तर उनका भक्त कोही थिएनन्, अहिले पनि नेकपा ९एस० सुदूरपश्चिममा ठूलो दल बनेको छ ।’
रावल एमालेमा जाँदा पनि सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टी पहिलो दल बनेको उनले बताए । उनले माओवादीबाट एमालेमा गएका लेखराज भट्टलाई समेत कमजोर बनेको बताए ।

















