खाेज्नुहाेस

बैतडीमा शिशु हत्या आरोपीत महिला कारागार चलान

Image

बैतडी – बैतडीमा नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा पक्राउ परेकी एक महिला कारागार चलान भएकी छन् । बैतडी जिल्ला अदालतले डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

navjiwan hospital

भदौ ६ गते आफैंले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको अभियोग कार्कीमाथि लागेको थियो । घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

attariya hospital

प्रहरीले कार्कीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत अदालतमा पेश गरेको थियो । कार्कीका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

कार्कीको गाउँकै एक किशोरसँग प्रेम सम्बन्ध रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ । कार्की स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत थिइन् ।