खाेज्नुहाेस

कृषि उपज थोक बजार अत्तरियाका सटरको भाडा ४ गुणा वृद्धि

Image

कैलाली – कृषि उपज थोक बजार अत्तरियाका सटर टेण्टर प्रक्रियामा लगिएपछि ४ गुणले भाडा वृद्धि भएको छ । कृषि उपज थोक बजारले खालि रहेका र विचौलिया मार्फत संचालनमा रहेको पाइएका ५ सटर भाडामा लगाउन बोलपत्र आव्हान गरेपछि चलचल्तिको भाडाभन्दा करिब ४ गुणा भाडा वृद्धि भएको हो ।

कृषि उपज थोक बजार संचालन गरिरहेको कृषि बजार व्यवस्थापन समितिले श्रावण ३० गते ५ सटर भाडामा लगाउन बोलपत्र आह्वान गरेको थियो ।

attariya hospital

कृषि उपज थोक बजारमा हाल चलनचल्तिको भाडादर ४ हजार ३ सय देखि ५ हजार ६ सय सम्म रहेकोमा बोलपत्र आह्वान गर्दा २१ हजार सम्म टेण्डर परेको छ ।

समितिले सटर नम्बर १३, १६, २२, २८ र ३१ लाई टेण्डर प्रक्रियामा लग्न बोलपत्र आह्वान गरेको थियो । जसमा सटर नम्बर १३ मा २१ हजार, सटर नम्बर १६ मा १८ हजार ५ सय, सटर नम्बर २२ मा १५ हजार सटर नम्बर २८ मा ९ हजार र सटर नम्बर ३१ मा ९ हजार ५ सय रकमको टेण्डर हाल्नेले सटर पाएका छन । सटर भाडामा लिनका लागि २३ वटा टेण्डर परेका थिए । बुधबार सरोकारवालाहरुको रहोवरमा टेण्टर खोलिएको थियो ।

कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले सटर भाडामा लगाउन बोलपत्र आह्वान गर्दा समितिको आम्दानी वृद्धि भएको बताए । उनले केही व्यवसायीहरुले टेण्डर पाएर पनि अरुलाई सटर दिएको पाइएकाले त्यस्ता सटरको पनि टेण्डर खोलिएको बताए ।

navjiwan hospital

हाल सटर भाडा मार्फत मासिक ९६ हजार भाडा उठ्दै आएकोमा ५ सटर टेण्डर प्रक्रियामा लग्दा समितिको आन्दानी बढ्ने भएको हो । समितिका अध्यक्ष भट्टले सुरु देखि नै सबै सटर टेण्डर प्रक्रियाबाट नै भाडामा लगाईएको र कसैले सटर छोडेमा वा अरुलाई सटर दिएको पाइए त्यस्ता सटरलाई पुनः टेण्डर प्रक्रियाका लग्ने गरिएको बताए ।

समितिले २०६५ सालदेखि सटर भाडामा लगाउँदै आएको छ । समितिका अध्यक्ष भट्टले सुरुमा १५ सटर १२ सयका दरले भाडामा लगाइएकोमा हाल ति सटरहरुका भाडा बार्षीक रुपमा बृद्धि गर्दै जादाँ ५ हजार ६ सय पुगेको बताए । थोक बजारमा हाल सटर संख्या थपिएर ३२ पुगेको छ ।

समितिले टेण्डर मार्फत सटर भाडामा लगाउँदा बिचौलिया मार्फत सटर लिएका व्यवसायी भने मारमा परेका छन । बिचौलिया मार्फत सटर संचालन गरिरहेको बालकृष्ण पनेरुले सटर टेण्डरमा लगाएर अरुले नै पाएपछि आफू अलपत्र परको बताए ।

‘पसलको नाममा बैंक लोन लिएको थिए । अब त्यो लोन कसरी तिर्ने समस्या भएको छ’ उनले भने ‘सटर गगन बयानीको नाममा भएपनि आफूले उसबाट ३ बर्षका लागि भाडामा लिएको थिए ।’ उनले सुरुमा सटर अरुबाट लिन नमिल्ने बारेमा आफूलाई थाहा नभएको बताए ।

हाटबाजारमा चलनचल्तिको भाडा कम भएपनि टेण्डर आह्वानमा धेरै भाडा हाल्नेहरुले पनि बाध्यताले धेरै रकम हालेको बताएका छन । १३ नम्बर सटरमा २१ हजार भाडा हालेका जयन्त प्रशाद भट्टले बाह्य ठाउँका व्यवसायी पनि आएकाले आफूले धेरै रकम हालेको बताए । बिचौलिया मार्फत काम गरिरहेका उनले बिचमा सटर नपाए कहाँ जाने भन्ने समस्या भएकाले धेरै रकम हालेको बताए ।

कृषि उपज थोक बजार अत्तरियामा अहिले ३२ वटा कृषि थोक पसल संगै ५ ओटा खुद्रा कृषि पसल रहेका छन । कृषि उपज थोक बजारमा भारत लगायत नेपालका कैलाली, कन्चनपुर, डडेल्धुरा, बैतडी, डोटी लगायतका क्षेत्रबाट तरकारी आउँने र स्थानिय बजार संगै काठमाण्डौ लगायत मौसम अनुसार शुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तरकारी पठाईने गरेको छ । थोक बजारमा दैनिक ३० टन तरकारी र १० टन फलफूल बिभिन्न ठाउँबाट आउने गरेको छ ।