खाेज्नुहाेस

फोहोर व्यवस्थापन गर्न भीमदत्त नगरपालिकालाई उच्च अदालतको परमादेश

Image

कञ्चनपुर – फोहोर व्यवस्थापन गर्न उच्च अदालतल दिपायलले भीमदत्त नगरपालिका सहित सात जनाका नाममा परमादेश जारी गरेको छ ।

अधिवक्ता धर्मानन्द जोशीले भीमदत्त नगरपालिका क्षेत्रमा फोहोर व्यवस्थापन हुन नसक्दा वातावरण प्रदूषण भएका भनी उच्च आदालतमा रिट दायर गरेका रिटमा अदालतले परमादेश जारी गरेको हो ।

attariya hospital
navjiwan hospital

रिटमाथि उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीशद्वय प्रभा बस्नेत र कृष्णलाल भट्टराईको इजलासले भीमदत्त नगरपालिकालाई नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्दै नागरिकलाई स्वच्छ वातावरण बाँच्न पाउने अधिकारको सुनिश्चिता गरिदिन आदेश दिएको छ ।

अधिवक्ता जोशीसहित अर्का अधिवक्ता कृष्णदत्त जोशी, पदम पालले उक्त मुद्दामा बहस गरेका थिए ।

अधिवक्ता जोशीले नगर क्षेत्रमा रहेको फोहोर व्यवस्थापन नगरेको भन्दै भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट, उपप्रमुख सुशील सिंह, प्रमुख जिल्ला अधिकारी रामकुमार पाण्डे, भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहरा र प्रशासकीय अधिकृत हरिसिह धामीविरुद्धमा रिट दायर गरेका थिए ।