अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा मंगलबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालको प्रयोगशालामा १ सय ५९ जनाको पिसिआर परिक्षण गरिएकोमा २६ जनामा संक्रमण प्ष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मंगलबारसम्म अस्पतालमा १५ जना संक्रमितहरुको उपचार भैरहको छ । जसमध्ये ७ जनाको आईसियुमा र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए ।
मंगलबार कोरोना निको भई घर फर्किने, उपचारका लागी भर्ना हुने र कोरोनाका कारण मृत्यु हुनेको संख्या भने शुन्य रहेको उनले बताए ।

















