खाेज्नुहाेस

सामाजिक सञ्जालमा प्रेमिकाको अश्लिल भिडियो पोष्ट गर्ने पक्राउ

Image

काठमाडौं – प्रेम सम्बन्धमा रहेको बखत खिचिएको अश्लिल फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा एक जना प्रक्राउ परेका छन् । दोलखा बैतेश्वर ८ स्थायी घर भएका हाल, टोखा धनेश्वर बस्ने २३ वर्षीया सुजन जिरेललाई पाँचखालबाट पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाले दिएको जानकारी अनुसार जिरेलले प्रेमीकासँग विवाद गरेर उनको मोबाइल खोसेर मोबाइलमा रहेको फोटो र भिडियो फेसबुक, इन्ट्राग्राम जस्ता सोसल साइटमा अपलोड गरेको थिए ।

attariya hospital
navjiwan hospital

महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार काठमाडौंमा बस्ने जिरेलकी प्रेमीकाले आइतबार महाशाखामा उजुरी दिएकी थिइन् । सम्बन्धमा हुँदा उनीहरुले एक अर्काको आइडी पासवर्ड पनि शेयर गर्ने गरेका थिए । यसको फाइदा उठाउँदै जिरेलले प्रेमीकाकै आइडीबाट अश्लिल भिडियो र फोटो अपलोड गरेका थिए ।

काभ्रेको पाँचखालमा लुकी बसेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय काभ्रेले जिरेललाई प्रक्राउ गरेको हो ।

उनलाई विद्युतिय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।