अत्तरिया – सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण कञ्चनपुरको दोधरा चाँदनीका ७७ बर्षीय पुरुषको मृत्यु भएको हो ।

यो संगै सेतीमा कोरोना उपचार गराउँदै गर्दा मृत्यु हुनेको संख्या १ सय ९२ पुगेको छ ।अस्पतालका सूचना अधिकार दिलिप कुमार श्रेष्ठका अनुसार हाल अस्पतालमा १५ कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ७ जनाको आईसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना परिक्षण नभएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन । अस्पतालमा हालसम्म १ लाख १३ हजार ८ सय ६३ नमूनाको कोरोना परिक्षण भएको छ ।
जसमध्ये २० हजार ३ सय १६ नमूनाको नजिता पोजेटिभ आएको अस्पतालले जनाएको छ । यस्तै अस्पतालमा ३ सय २० नमूनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गरिएको छ । जसमध्ये १ सय ७० नमूनाको नतिजा पोजेटिभ आएको छ ।



















