सोमबार बिहान देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि सामान्यसम्म र बाँकी प्रदेशमा आंशिक बदली भएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति देशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
















