खाेज्नुहाेस

कृष्णपुरमा झडप हुँदा ७ जना घाइते

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुरमा तीजको कार्यक्रममा झडप हुँदा ७ जना घाइते भएका छन । वडा नम्बर १ को भेटघाट शिविरमा शनिबार राती दुई समूह बिच झडप हुँदा ७ जना घाईते भएका हुन ।

navjiwan hospital

घाइते हुनेमा कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८ वर्षीय चन्द्रबहादुर धामी, अन्दाजी ३५ वर्षीय नरेन्द्र भण्डारी, ३८ वर्षीय नारायण दमाई, ६५ वर्षीय गोविन्द दमाइ, बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्री घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज कर्णबहादुर बोहराले जानकारी दिएका छन ।

attariya hospital

घाइते मध्ये चन्द्रबहादुर धामी, नरेन्द्र भण्डारी, नारायण दमाई र गोविन्द दमाईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

झडपमा सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको जनाईएको छ ।