अत्तरिया – सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको कोरोना परिक्षणमा १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १४ नमूनाको कोरोना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत १ जनाले कोरोना जितेका छन भने १ कोरोना संक्रमित उपचारका लागि अस्पतालमा भर्ना भएका छन ।

हाल अस्पतालमा १७ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ८ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।

















