खाेज्नुहाेस

अत्तरिया चोकमा चक्काजाम

Image
navjiwan hospital

अत्तरिया – कैलालीको अत्तरियामा चोकमा चक्काजाम गरिएको छ। अत्तरिया चोक कालोपत्रेको माग गर्दै स्थानीय व्यापारीहरुले  चक्काजाम गरेका हुन।

चोकमा उड्ने धुँवाधुलोले व्यापार, व्यवसाय गर्न असहज भएपछि सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताएका छन ।

शुक्रबार बिहान देखि भएको चक्काजाम ११ बजे सम्म जारी रहने जनाएको छ।