अत्तरिया – कैलालीको गौरीगंगामा लागु औषध न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । ईलाका प्रहरी कार्यालय मसुरियाको आयोजनामा गौरीगंगा नगरपालिका – ८ स्थित बडैपुर चौकमा जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो ।

सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप ‘हाम्रा प्रहरी संग हामी’ कार्यक्रम अन्तर्गत जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

४० जना सहभागि रहेको उक्त कार्यक्रममा लागु औषध न्यूनिकरण सम्बन्धि प्रशिक्षण दिईएको प्रहरीले जनाएको छ ।



















