अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६९ नमूनाको कोरोना परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितले कोरोना जितेका छन । उनले अस्पतालमा उपचाररत ३ जना कोरोना जितेर घर फर्किएको बताए ।

हाल सेती अस्पतालमा १७ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ७ जनाको आईसियु र ३ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन ।

















