बाजुरा – बाजुरामा घाँस काट्ने क्रममा भिर बाट लडेर एक बृद्धा घाईते भएकी छन ।

जिल्लाको बडीमालिका नगरपालिका–७ रजातोलीकी ६० वर्षिया नन्दा पाध्याय भीरबाट लडेर घाइते भएकी हुन ।

गाई गोरु चराउन गएका बेला मेलामा घाँस काट्ने क्रममा भीरबाट लडेर उनको टाउको र शरिरमा चोट लागेको बताईएको छ ।
घाईते उनलाई चुथी प्राथमिक स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागी जिल्ला अस्पताल पठाइएको छ ।



















