खाेज्नुहाेस

कैलालीका एक बालकको कञ्चनपुरमा डुबेर मृत्यु

Image

अत्तरिया – कैलालीका एक बालकको कञ्चनपुरको सुनवरा नदीमा डुवेर मृत्यु भएको छ । चुरे गाउँपालिका –३ घर भएका १२ वर्षीय दिलिप सुनारको कञ्चनपुर शुक्लाफाँटा नगरपालिका – ९ मा रहेको सुनवरा नदीमा डुबेर मृत्यु भएको हो ।

navjiwan hospital

आइतबार विहान नदीमा नुहाउने क्रममा चिप्लिएर वेपत्ता भएका सुनारको शव दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक शिद्धराज न्यौपाने बताएका छन ।

attariya hospital

आफ्ना मामाघर गएका सुनार हजुरआमा संगै नुहाउन नदी गएका वेला अचानक चिप्लिएर बेपत्ता भएका थिए ।