खाेज्नुहाेस

बझाङ एमालेमा पहिरो, १९ जनप्रतिनिधिले रोजे एकीकृत सामाजवादी  

Image

आशिष बहादुर सिंह/ बझाङ – बझाङमा  नेकपा एमालेमा पहिरो गएको छ । बझाङ केदारस्यु गाउँपालिका अध्यक्ष ईन्द बहादुर भन्डारी उपाध्यक्ष सहितका जनप्रतिनिधिले आईतबार नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गराएका छन् ।

एमालेबाट निर्वाचित अध्यक्ष उपाध्यक्ष सहित बझाङका १९ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

attariya hospital
navjiwan hospital

यस्तै नेकपा एकीकृत समाजवादीका बझाङ जिल्ला कमिटी उपाध्यक्ष ईन्द  बहादुर भन्डारीले केदारस्यु  गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वडा अध्यक्ष पनि  एकीकृत समाजबादीमा जाने निर्णय भएको बताए ।

एमालेका जिल्ला अध्यक्ष समेत रहेका दिल बहादुर सिंह पनि  नेकपा एकीकृत  सामाजवादीमा लाग्ने बताएका  छन । उनी जिल्लाका लोकप्रिय नेता हुन ।

उनको प्रभावका कारण एमालेमा पहिरो गएको बताइएको छ । उनको कारणले नै बझाङमा  नेकपा एकीकृत समाजवादी पार्टी बलियो हुने सम्भावना  बनेको युवा नेता लक्ष्मी जोशीले बताए ।