धनगढी – सुदूरपश्चिम प्रदेशका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन । आइतबार नेकपा एमाले परित्याग गरी भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर एकीकृत सामाजवादीको पक्षमा सनाखत गरेका हुन ।
यो संगै प्रदेशमा नेकपा एकीकृत सामाजबादी रोज्नेको संख्या संख्या १३ पुगेको छ । यसअघि नै १० प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए ।


यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए ।
सरकारले हालै ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश अनुसार जनप्रतिनिधिले भदौ २२ गतेभित्र दल रोज्न पाउने छन ।

















