खाेज्नुहाेस

कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

Image

धनगढी – नेपाली कांग्रेसको १४औँं महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ ।

पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो हुँदा वडा अधिवेशन अनिश्चित बनेको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए ।

attariya hospital

पार्टीको जिल्ला सभापति पदका दाबेदारसमेत रहनुभएका बमले भने, ‘केन्द्रमा विवाद समाधानको प्रयास भइरहेको छ, केही दिन ढिलो भए पनि अधिवेशन रोकिँदैन ।’

देश सङ्घीयतामा गएसँगै सङ्घीय संरचनाअनुरुप अधिवेशन गर्ने पार्टी कांग्रेस पहिलो रहेको उनले बताए ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेशका जिल्लामध्ये सबै भन्दा बढी पाँच निर्वाचन क्षेत्र रहेको यो जिल्लाको निर्वाचन क्षेत्र नं १ मा क्रियाशील सदस्यता विवादको समस्या ठूलो रहेको बताइएको छ ।

विवादकै कारण सो क्षेत्रका नेता कार्यकर्ताले कांग्रेसको केन्द्रीय कार्यालयमा यसअघि धर्नासमेत दिएका थिए ।

कांग्रेसको जिल्ला सभापति पदका लागि वर्तमान उपसभापति बम, नेता नारायणदत्त भट्ट, नृपबहादुर ओड, डा रणबहादुर रावल, गणेश देउवा, खेमराज चौधरीलगायतका नेता आकांक्षी देखिएको चर्चा छ ।

पार्टीका जिल्ला सभापति नरनारायण शाह दुई कार्यकाल सभापतिको जिम्मेवारीमा रहिसकेका छन् । तेस्रो कार्यकाल सभापतिमा उठ्न नपाइने कांग्रेसको विधानमा व्यवस्था छ ।

रासस