खाेज्नुहाेस

बझाङको बुंगलका कृषकहरुलाई कृषि सामाग्री वितरण

Image

रमेश बहादुर सिह/बझाङ – बझाङको बुंगलमा कृषकहरूलाई कृषि सामाग्री वितरण गरिएको छ । बुंगल नगरपालिका – ६ का मकै नमुना गाउँका कृषकहरुलाई कृषि ज्ञान केन्द्र बझाङले ५० लाख बराबरको कृषि सामाग्री वितरण गरेको हो ।

मुख्यमन्त्री कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत बुंगलका मकै नमुना गाउँ डिन्नु, थलाकाडाँ र गैरि गाउँका ३ सय ५० जना कृषक तथा घरधुरिलाई विभिन्न कृषि सामाग्री वितरण गरेको छ ।

attariya hospital

जसमा ४ सय बिउ सुकाउने पाल, ७ सय बिउ राख्ने भकारी, ५ हाते ट्याक्टर र मकै विक्रि वितरण गर्नको लागि प्याकिङ गर्न ३ सय बोरा लगायतका सामाग्रीहरू रहेका छन ।

navjiwan hospital

मुख्यमन्त्री मकै नमुना गाउँ कृषक समन्वय समिति बुंगल नगरपालिका – ६ डिन्नुले आयोजना गरेको उक्त सामाग्री वितरण कार्यक्रममा बोल्दै कृषक हरेन्द्र देवारले आफुहरु रैथाने बाली जोगाउन तर्फ लागेका र त्यसमा कृषि ज्ञान केन्द्रले पनि आफुहरुलाई सहयोग गर्दै आएको बताए । उनले भने, ‘गाउँलाई मकैको राजधानी भनेर चिनाउनका लागी लागि परेका छौ ।’

आफुहरुले बुंगलको मकै नमुना गाउँलाई मकैको राजधानी बनाउनका लागी यो बर्ष पनि २५ लाख बजेट थप गरेको कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले बताए ।

सो क्षेत्रमा आर्थिक बर्ष २०७७ /२०७८ मा आएको ५० लाख बजेटबाट चालु खर्च तर्फ ३ लाख ९३ हजार ७ सय ९५ रकम बाट २ लाख ८३ हजार ७ सय ९५ खर्च भएको छ । त्यसै गरी पुजी खर्च तर्फ जम्मा रु ४६ लाख ६ हजार २ सय ५ बाट रु ४४ लाख ४६ हजार २ सय ५ खर्च भए सँगै जम्मा ४७ लाख ३० हजार खर्च भएको कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले बताए । यस्तै कारोना महामारीका कारण काम गर्न असहज भएपछि ३ लाख फ्रिज गएको उनले बताए ।

कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्लले कृषकहरुलाई कृर्षि ज्ञानकेन्द्रले दिएको कृषि सम्बन्धि सामाग्री वितरणले कृषकको मनोबल उच्च राख्न सहयोग पुगेको बताईन ।

कृषकहरुलाई गरिने सहयोगले नै कृषकहरुलाई कृषि पेसामा टिकाइराख्न सहज हुने भन्दै आफुबाट हुने सहयोग सधै गरीरहने उनले बताईन ।