अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ बास्कोटाबाट एक मोटरसाइकल चोरी भएको छ । स्थानिय साहील क्षेत्रीले आफ्नो घरको बराण्डामा राखेको मोटरसाइकल शुक्रबार बिहान चोरी भएको हो ।
से ५ प १३२४ नम्बरको उक्त मोटरसाइकल बिहान करिब २ बजेको समयमा चोरी भएको सवारीधनी क्षेत्रीले बताएका छन ।


उनले निलो कालो रंगको १५० सीसीको उक्त पल्सर मोटरसाइकल हराएको बारेमा ईलाका प्रहरी कार्यालय मालाखेतीमा पनि खबर गरेको बताए ।
चोरी भएको उक्त मोटरसाइकाल कतै भेटिएमा ९८४५४१२५७१ नम्बरमा या प्रहरी समक्ष खबर गरिदिन क्षेत्रीले अनुरोध गरेका छन ।
पछिल्लो समय गोदावरी आसपासका क्षेत्रबाट मोटरसाइकल चोरीका घटना बढ्दै गएका छन ।

















