खाेज्नुहाेस

टुकीबाट सल्केको आगोले घरै खरानी 

Image

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका रामप्रसाद रानाको घरमा आगलागी भएको छ । मंगलबार राति भएको आगलागीमा करिब आठ लाख रूपैयाँ क्षति भएको पीडितले बताए ।

टुकीबाट आगो सल्किएर आगलागी भएको हो । आगलागीबाट घरको काठसहित अन्न, फर्निचर, लुगाकपडा‚ महत्वपूर्ण कागजपत्र, गहना सबै जलेर नष्ट भएको वडा अध्यक्ष बाले रानाले बताए । पीडित परिवार अहिले आफन्तको शरणमा बसेका छन् ।

attariya hospital
navjiwan hospital

‘टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौं’ वडाध्यक्ष रानाले भने, ‘घर पुरै जलेर क्षति भएको छ ।’

आगलागी भएको जनाकारी पाउना साथ स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरे पनि नसकेको उनले बताए । नगरपालिकाको दमकल आगो निभेपछि मात्रै पुगेको स्थानीय बासिन्दाको भनाइ छ ।