अत्तरिया – भासु भीरमा पहिरो खसेर अवरुद्ध भीमदत्त राजमार्ग सुचारु भएको छ । सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको भासु क्षेत्रमा पहिरो खस्दा सोमबार बिहान ३ बजे देखि राजमार्ग अवरुद्ध भएको थियो ।

डोजर लगाएर पहिरो पन्छ्याएपछि अहिले राजमार्ग सुचारु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यद्दपी अझै पनि सो क्षेत्रमा सडक माथिबाट ढुङ्गा माटो खस्ने क्रम नरोकिएको प्रहरीले जनाएको छ ।

















