रमेश बहादुर सिह/बझाङ – लगातार अबिरल बर्षाका कारण आएको पहिरोले बझाङको चैनपुर ताक्लाकोट सडकखण्ड अवरुद्ध बनेको छ ।
जिल्लाको जयपुथ्वी नगरपालिका–११ कपडे पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।


पहिरोले सडक अवरुद्ध भएपछि सुनिकोट, धमेना, रुपातोला, तलकोट, साईपाल तथा गाउँकै विभिन्न स्थानबाट चैनपुर आवतजावत गर्ने सवारीसाधनहरु बाटोमै रोकिएका छन् ।
पहिरोले दुवैतर्फको बाटो पूर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रुपक खड्काले बताए ।
सडकमा लेदो माटो र ढुंगासहितको पहिरो आएको र पानी आउन बन्द भएको भएपनि अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहल नभएको यातायात व्यवसायीहरुले गुनासो गरेका छन ।

















