खाेज्नुहाेस

कञ्चनपुरको दक्षिणी क्षेत्रका १८० घर डुबानमा (अपडेट)

Image

धनगढी – अविरल वर्षापछि आएको बाढीले कञ्चनपुरको दक्षिण क्षेत्रका १ सय ८०  घर डुबानमा परेका छन् । दोदा नदीमा आएको बाढी वस्तीमा पसेपछि जिल्लाको बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिकाका एक सय ८० घर डुबानमा परेका हुन् ।

बाढीका कारण मानवीय क्षति नभएपनि घरमा भण्डारण गरिएको खाद्यान्न, लत्ताकपडा पानीले बगाएको छ । लालझाँडी गाउँपालिकाका अध्यक्ष मदन बडायकले बाढीले पालन गरेको माछा बगाएको बताए ।

attariya hospital
navjiwan hospital

ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरिक्षक कैलाश सिंह बिष्टले डुबानमा परेकाहरुलाई नेपाल र सशस्त्र प्रहरीले उद्धार गरेर सुरक्षिततर्फ लगिरहेको बताए ।

उनले क्षतिको वास्तविक विवरण आउन समय लाग्ने बताए । यस्तै, बाढीका कारण धनगढी–पुनर्वास जोड्ने सडक अवरुद्ध भएको उनले बताए ।

यसअघि प्रकाशित समाचार : कञ्चनपुरको दोदा नदीमा बाढी आउँदा तीन दर्जन घर डुबानमा