खाेज्नुहाेस

अछाममा १६ घर पहिरोको उच्च जोखिममा 

Image

अछाम – लगातारको अविरल बर्षाका कारण अछामको मेल्लेख गाउँपालिका – ३ ठाटिमा १६ घर पहिरोको उच्च जोखिममा परेका छन् । वडाको नौलाघर र चौसाल टोलको तलबाट पहिरो बग्न थालेपछि १६ घर पहिराको जोखिमा परेका हुन ।

निरन्तर रुपमा पहिरो बग्न थालेपछि वडाका २ टोलका १६ घर परिवार उच्च जोखिममा परेपछि चिन्तामा परेका छन ।

attariya hospital
navjiwan hospital

चौसाल टोलको सडक काटिएको ठाउँदेखि घर अगाडि र नौलाघर टोलमा घरको पछाडि बाट पहिरो जान थालेपछि नौलाघर टोलका स्थानीय नरेन्द्र नेपाली, जयबिर नेपाली र मानसिह नेपालीको घर समेत चर्केका छन ।

यस्तै चौसाल टोलमा जगत शाह, गोकुल शाह, भिम बहादुर शाह, देब शाह, भरत शाह लगायतको घर उच्च जोखिममा रहेको वडा अध्यक्ष केशर बहादुर शाहले बताए ।