दार्चुला – पहिरोले गोकुलेश्वर खलंगा सडकखण्ड अवरुद्ध भएको छ । महाकाली लोकमार्ग अन्तरर्गत महाकाली नगरपालिका–९ बेतस्थित चुनेभिरमा सडक अवरुद्ध भएको हो ।

सो क्षेत्रमा सडक महाकाली नदीले ३० मिटरजति भासिएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सडक भासिएपछि जिल्ला सदरमुकासम संगको सडक संजाल टुटेको छ । जसले गर्दा सयौ यात्रु समस्यामा परेका छन । यद्दपी कतिपय यात्रु सडक भासिएको ठाउँबाट पैदल हिँडेर वारपार गरिरहेका छन ।
अवरुद्ध रहेको सडकलाई अहिले खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर भट्टले जानकारी दिए ।

















