खाेज्नुहाेस

एमाले गोदावरीद्धारा भूमि आयोग खारेज तथा अध्यादेशको विरुद्ध प्रदर्शन (फोटोफिचर)

Image

अत्तरिया – नेपाल कम्युनिष्ट पार्टी एमाले गोदावरी नगर कमिटीले अत्तरियामा विरोध प्रदर्शन गरेको छ । जनविरोधी परमादेश सरकारको भूमि आयोग खारेज तथा संविधान विरोधी दल बिभाजन सम्बन्धि अध्यादेशको विरुद्धमा एमाले नगर कमिटिले बिरोध प्रदर्शन गरेको हो ।

attariya hospital

अत्तरियाको नमस्ते होटलबाट सुरु भएको बिरोध प्रदर्शन -याली अत्तरिया चोक परिक्रम गरी अत्तरियाको महेन्द्रनगर रोडमा पुगेर कोण सभामा परिणत भएको थियो ।

उक्त कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले गोदावरी नगर कमिटी अध्यक्ष गोकण भट्ट्ले परमादेश सरकारको बिरुद्ध निरन्तर विरोध प्रदर्शन गर्न आवश्यक रहेको बताए । उनले अहिलेको सरकारलाई प्रदर्शनबाटै फाल्नुपर्ने बताए । ‘यो सरकार नफाल्दा सम्म सुकुम्बासी, भूमिहित कसैको पनि समस्या सामाधान हुने बाला छैन’ उनले भने ‘सच्चा कम्युनिष्ट भनेको श्रमजिवी जनताको पक्षमा बोल्ने हुनुपर्छ । त्यसैअनुरुप केपी ओली सरकारले काम गरिरहेको भएपनि दलालहरुले विदेशीको ईसारमा सरकार ढालेका हुन ।’

कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले गोदावरी नगर कमिटी सचिव आनन्द भट्टले ओली सरकारले एतिहासिक सम्झिन लायक धेरै काम गरेको बताए ।

उनले ओली सरकारले चीन संग पारवाहान सम्झौता गरेको छ, भूकम्पले थलिएका धेरै संरचना निर्माण भएका छन, सडक निर्माण लगायतका थुप्रै विकास निर्माणका काम गरेको बताए ।

navjiwan hospital

‘नेपालको ठूलो समस्या भूमिहिनका समस्या सामाधान गर्न सरकार अगाडी बढेको थियो । सरकारले भूमिहिनका ७० प्रतिशत काम सम्पन्न गरेको थियो’ उनले भने ‘अहिलेको सरकारले भूमि पाउने जनताका सपना तुहाउने काम गरेको छ ।’ उनले एमाले १६ महिना पछि पुनः सत्तामा आउने दावी गरे ।

कोषसभा अगाडी गोदावरी नगर कमिटिको आयोजनामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको थियो । एमाले गोदावरी नगर कमिटी अध्यक्ष भट्टको अध्यक्षतामा भएको उक्त भेलाका प्रमुख अतिथि नेकपा एमाले सुदूरपश्चिमका सह इन्चार्ज नारदमुनी राना रहेका थिए ।