अत्तरिया – सुदूरपश्चिम प्रदेशमा शनिबार १५ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट ८ सय २९ नमूनाको कोरोना परिक्षण गर्दा २ जना र १ सय ४० नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ९ सय ६१ पुगेको छ ।स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ४६ कोरोना संक्रमित निको भएका छन ।

यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३६ हजार ४ सय ३६ पुगेको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । हाल प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ८० रहेको छ ।

















