खाेज्नुहाेस

आत्मनिर्भरताका लागि युवाले राजनीति रोज्ने कि पेशा ?

Image

निश्चित आयआर्जनको आधार कार्य जिवनको पहिचान पेशागत उन्नतीको आधार आत्मसम्मान र आत्मानुभुतिको समष्टिलाई आत्मसात गरि पेशा रोजौँ र सम्भावित स्रोतहरुको पहिचान गरि त्यस्ता स्रोतहरुलाई कसरी परिचालित गर्नसकिन्छ भनी चिन्तन राखौं ।

कुनै पनि राष्ट्रको शासन ब्यबस्थालाई शुब्यबस्थित रुपमा सुचारु गर्नको लागि राजनीति मेरुदण्ड हो भन्नू अत्युक्ति नहोला ।

attariya hospital

ब्यबस्थापिका, कार्यपालिकाको संरचना बनावट र नेतृत्व राजनैतिक पक्षको प्रतिनिधित्व हुन्छ । राज्य संचालनको ऐन, नियम, कानुन, धारा, उपधारा बनाउने देखि त्यसको सफल कार्यान्वयन गराउन राजनीति नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ । राष्ट्रको कर्मचारीतन्त्रलाई व्यवस्थित र मर्यादित बनाउन र शुसासनको प्रत्याभूति दिलाउन राजनैतिक नेतृत्वको खाँचो पर्ने गर्दछ ।

त्यस्ता व्यक्तिले समुन्नत राष्ट्रको र समाजको हरेक पाटोलाई सत्मार्गमा हिडाउन प्रेरित गर्ने गर्दछ । राजनीति देश निर्माण गर्ने महत्वपूर्ण र संबेदनसिल पाटो भएकोले समाजमा रहेका तमाम वर्गहरुको जीवन निर्बाहलाई सरल एबम् सहज बनाउन राज्य संयन्त्र चुस्त र जनउत्तरदायि क्रियाशील, जनमुखी, विकासप्रेमि, विकेन्द्रिकृत न्यायिक जनसहभागिता मुलक, प्रजातान्त्रिक, पारदर्शिता, भ्रष्टाचारमुक्त, सेवामुखि हुनुको साथै जनमुखी हुनु नितान्त आवश्यक छ । राजनीतिलाई राज्यको हरेक पक्षको पुर्वाधारको माध्यमको रुपमा हेरिने भएकोले यसलाई मेरुदण्डको रुपमा लिने गरिन्छ ।

जनताको सेवा गर्ने र शुद्ध सामाजिक सेवाको रुपमा जबसम्म हेरिदैन जबसम्म यसलाई केवल व्यक्तिगत आयआर्जनको कमाईखाने भाँडोको रुपमा लिन खोजिन्छ तबसम्म देशको जस्तोसुकै व्यवस्था र वाद आएपनि यसले आम समाज र जनताको जिवनस्तर दिनचर्यामा केही फेरबदल ल्याउन सक्दैन । व्यवस्था फेल हुँदा परिवर्तनको लागि नेतृवदायि भुमिका खेलेका शिर्ष राजनीतिक दल र उनका नेता तथा कार्यकर्ता कर्मठ, ईमानदार जनउत्तरदायि भएर समाज र राष्ट्रको उन्नती र विकास तिर उन्मुख हुनुको साटो कसरी ब्यक्तिगत रुपमा आफ्नो भाँडो भर्ने र नातावाद र कृपावादले ओतप्रोत भई व्यक्तिगत जिवनलाई आर्थिक रुपले माथि कसरी उकास्न सकिन्छ भन्ने मनसाय बोकेका हुनाले नेपालको राजनीति छिछि र दुर्दुर् भएको हो ।

सत्ता पावर र पहुँचका भरमा मात्रै राजनीति गर्ने परिवेश हुन पुगेकोले नेपालको राजनीति जन्जिरले बाँधिएको छ । नाफामुखि र व्यबसायमुखि पेशागत रुपमा राजनीतिलाई अँगाल्दै आएकोले राजनीति उत्सर्गमा पुग्न नसकेको देखिन्छ ।

आफ्नो जिवनलाई केन्द्रमा राखेर दामकमाउन जस्तोसुकै काम गर्न र राष्ट्रलाई बन्धक बनाउन पछि नपर्ने यहाँको प्रबृत्ति चलिआएको छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौता करारहरु जे जति भए ती देश र जनताका हितबिपरित भए पैसा र पावरमा कुर्सी जोगाईरहने र भ्रष्टाचार गरि अकुल सम्पत्ति कमाउने प्रवृत्ति न राजनीति सिष्टममा छ नत प्रणालीमा नै ।

navjiwan hospital

राजनीतिक परिबर्तन गर्न संघर्षको बेलामा जनजाति, आदिवासी, विपन्न, गरिब अल्पसंख्यक सर्वहारा वर्गलाई झुटा आश्वासन र विभिन्न प्रलोभन सपना देखाई राष्ट्र प्रेम र जनहित र समतामूलक समाजको निर्माणमा लाग्ने भाषण र नाराहरु रस्थि र बस्तिहरुमा चर्काेरुपमा घन्काई सत्तामा पुग्ने र पुगिसकेपछि कालो मेचमाथि अन्धो मान्छे सरह प्रवृत्ति देखाउँदै आफ्नो वास्तविक राजनिति बेलाबखतमा देखाईरहने परम्परा हाम्रा अगाडि घाम जस्तै छर्लङ्ग देखिन्छ ।

राजनीतिमा आचरणर शैली नभएका व्यक्ति पैसा र पावरको भरमा राष्ट्रिय राजनीतिमा होमिएको देख्दा आश्चर्य लाग्छ । मुलभुत सिद्धान्तमा कटिबद्ध र निष्ठाको राजनीति गर्ने व्यक्ति बारम्बार पैसा र पावरवालाले चिप्लाइ दिँदा राजनीतिमा बाउन्न ठक्कर त्रिपन्न घुस्सा खाएका ज्वलन्त उदाहरण छन् ।

प्रतिस्पर्धाबाट जागिर खानुभन्दा नेताको चाकरी गरेर जागिर खान बढि लालायित हुने यो चलन सबैलाई अवगत नै छ । व्यक्तिगत अपेक्षाहरु मागहरू पुरागर्न मन्त्री सांसदको निवास डेरा चाहार्ने सांसद नेता मन्त्री संग चर्काे आर्थिक बार्गेनिङ गर्ने चुनावको बेला रक्सि र मासुमा बिक्ने र आपसी भातृत्वको भावनाले जोडिएको भावनात्मक सम्बन्ध गद्दार नेताका लागि रक्सि र मासुको भरमा टुटाउने यो सब प्रबृत्ति छोडौँ । यो सब के का लागि यस्ता गतिविधि गरेर नेताहरुलाई भ्रष्ट हुन अभिप्रेरित नगरौं ।

यस्ता पृष्ठपोषणको काम गर्नु आम युवाले आफ्नो भबिष्य अन्धकारमा पार्नु हो । महंगो महल ठड्याउने सपना बोको नेता होईन जनताको झुपडी सजाउने नेता चाहिएको छ हामीलाई । भ्रष्टाचार गरेर अकुल सम्पत्ति कमाएको सार्वजनिक रुपमै थाहा हुदाहुदै पनि किन पटकपटक चुनाबमा निर्वाचित गरेर पठाउछौँ हामी आँखिर गल्ती कस्को यो बुझ्नु जरुरी छ ।

एक्काइसौं शताब्दीका परिवर्तनका बाहक आम युवा पिढिले कुकुरले मुख दिएपछि चाट्छ भन्नुको तात्पर्य बुझ्नु जरुरी छ । त्यसैले राजनीतिमा लाग्ने ब्यक्तिहरुले अनिवार्य रुपमा पेशा र ब्यबसाय अँगाल्नुपर्ने हुन्छ ।

यदि कुनैपनि राजनीतिमा लागेको व्यक्तिले जिवन निर्वाहका लागि कुनै पेशा व्यवसाय छैन भने स्वाभाविक रुपमा कुनै राजनैतिक लाभको पद पायो भने पदिय दुरुपयोग गरि आयआर्जन गर्न खोज्ने सम्भावना बढि रहन्छ । त्यसैले पेशा सङ्गै राजनीति रोजौं । स्थानीय तहमा निर्वाचन हुँदा प्रशस्त मात्रामा निर्वाचनको प्रचारप्रसारमा गरिने खर्चले निर्वाचित भई पदिय दुरुपयोग गरि खर्च मेन्टेन गर्ने प्रबृत्ति व्यापक नै छ ।

त्यसैले भ्रष्टाचार गरेर अकुत धनराशि कमाएर जेलजिवन बिताएर फेरि राजनितीमा नै फर्केका र जनताले तिनै नेतालाई समर्थन गरेर हिडेको जेलबाट निस्कदा फुलमाला रातो अबिरले स्वागत गरेका दृश्यहरु समेत नौला छैनन् ।

यस्ता प्रबृत्तिलाई तिरस्कार गरौँ नेताहरुलाई भ्रष्ट बनाउन हामी जनताले उक्साई शिरमा चढाएर मन्दिर नबनाउँ भ्रष्टाचार गर्ने नेतृत्व पंक्तिलाई जय राष्ट्रवाद स्कुलिङ्ग माटोको राष्ट्रको मुद्दा पहिलो ।

– शेर शाही (गोदावरी नगरपालिका – २, कैलाली)