अत्तरिया – नेपाली कांग्रेसले गोदावरीमा १४ औं महाधिवेशन विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिको परीपत्र अनुसार शुक्रबार गोदाबरी नगरपालिका – ९ को वडा कार्यसमितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कांग्रेस गोदाबरी नगरपालिका – ९ को वडा कार्यसमितिका सभापति मेघनाथ राना को सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति दिनेश राज जोशी रहेका थिए ।

कार्यक्रममा महासमिति सदस्य डाक्टर लक्ष्मिराज पाठक, महासमिति सदस्य पदमराज भट्ट, जिल्ला सदस्य तथा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यका प्रत्याशी यज्ञराज चौधरी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य नेता पुस्पराज जोशी, नगर सभापति हेमप्रकाश उप्रेती, नगरसचिव तेज खड्का, जिल्ला सल्लाहकार सदस्य सुरत कार्की, जिल्ला सल्लाहकार तथा प्रशिक्षक नेता फडेन्द्र भण्डरी, नेपाल् लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस क्षेत्रिय सल्लाहकार सदस्य राजेन्द्रप्रसाद जोशी, पुर्बमहाधिवेशन प्रतिनिधि रामलाल राना, पुर्बमहाधिवेशन प्रतिनिधि धर्मराज भट्ट, नेपाली कांगेसका पुर्व क्षेत्रिय सचिव युवानेता लोक राज पाण्डे (आगो), नेपाल तरुण द्ल गोदावरी नगरपालिकाा नगर सभापति शंकर खड्का, नेपाली कांग्रेस गोदावरी नगरपालिका वाड नम्बर २ का निर्वाचित वार्ड सदस्य कमल कडायत, नेबिसंघ जिल्ला कार्यसमिति सदस्य धन बहादुर गुर्धामी लगाएत नेता कार्यकर्ता नेपाली कांग्रेसका कृयाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन कृयासिल सदस्य तथा नेपाली कांग्रेसका नेता रामेश्वर ओझाले गरेका थिए ।



















