खाेज्नुहाेस

सामाजिक कार्यमा जिवन सुम्पिएका साउँद

Image

अत्तरिया – समाजका हरेक समस्याहरुको समाधान गर्ने कार्य स्वयम समाजमा बस्ने व्यक्तिहरुको नै हुन्छ । समाज विकासको लागी स्थानियहरुले जागरुक हुन जरुरी छ । समाजमा बस्ने कतिपय यस्ता व्यक्तिहरु पनि हुन्छन जस्ले समाजको हितका लागी आफ्नो जिवन सुम्पीएका छन । त्यस्ता व्यक्तिहरुमा पर्छन युवा समाजसेवी गणेश जिमि साउँद ।

विस २०३५ साल मंसिर १० गते आमा पशुपती देवी साउँद र बुवा धनी साउँद एक्लो सन्तानका रुपमा जन्मिएका साउँद समाजको हितका लागी अग्रसर हुन सदैव तत्पर रहन्छन ।

attariya hospital

अत्तरियामा पिडि पोलिक्लिनिक सञ्चालन गर्दै आएका उनले आफ्नो पेशालाई भन्दा पनि सामाजिक कार्यलाई मुख्य प्राथमिकता दिदै आएका छन । मेडिकलमा परिवारका मान्छेलाई राख्दै समाजका अप्ठ्यारोमा परेका विभिन्न व्यक्तिहरुलाई सहयोग गर्न उनी हरपल तयार रहन्छन ।

देशभरीका १२ हजार पारामेडिक्स स्वास्थ्यकर्मिलाई स्वरोजगार बनाउन सफल भएको बताउँदै उनले दैनिक १ लाख २० हजार नेपाली नागरीकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण बनाई स्वास्थ्यक्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउँन्छन ।

उनले समाजमा विभिन्न कारणले गर्दा पीडित बनेका नागरिकहरुलाई सहयोग गर्दै आएका छन । नेपालमा भएको जन आन्दोलनका समयमा अभाव र पीडामा रहेका मानिसहरुलाई खाद्यान्न, रक्तदान, आर्थिक सहयोग, निशुल्क उपचार लगायतका सहयोग गरेका उनले सहयोगको कार्यलाई निरन्तरताका साथ अगाडी बढाएका छन ।

यसैगरी २०७६ साल बैशाखमा आएको विनाशकारी हावाहुरीले छतिग्रस्त बनेका कैलालीको गोदावरी नगरपालिका – ५ गेटाका २ वटा घरलाई पूर्ण रुपमा निर्माण गरी घरमालिकलाई सुम्पिने काम पनि उनले गरे ।

यस्तै विगत केही वर्षदेखि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका समयमा पनि आफ्नो ज्यानको पर्वाह नगरी समाज दैनिक छाक टार्ने समस्याले ग्रसित बनेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गर्नुका साथै उनले सिमानाकामा गएर बाहिरी देशबाट आउने नेपाली नागरिकहरुलाई पानी, नास्ता, मास्क, सेनिटाईजर लगायतका सामग्रीहरु समेत वितरण गरे ।

समाजको हित नै आफ्नो जिवन ठानेका उनले समाज र राष्ट्रको विकासका लागी पर्यटन मुख्य स्रोत भएको भन्दै गोदावरी नगरपालिकाकै – ४ बन्दगडामा बृहत मष्टाधामको योजना अगाडी सारे । उनले मष्टाधाम मार्फत धार्मिक पर्यटकहरु भित्र्याई समाज र राष्ट्रको आर्थिक विकासमा सहयोग गर्ने योजना सुनाए । हालसम्म मष्टाधामको आधा कार्य सम्पन्न गरिसकेका उनले मष्टाधामकै कारण विकट क्षेत्रका रुपमा रहेको बन्दगडा र त्यहाका स्थानियबासीको पनि आर्थिक समृद्ध गर्ने सपना देखेका छन ।

‘आफ्नो जिवनको लक्ष्य नै समाज सेवा हो’ उनले भने ‘पहिले देखि सामाजसेवामा लागेकाले यसबाट अन्य कामको भन्दा बढी आनन्द आउन्छ ।’
दोस्रो लहरको कोभिड–१९ को महामारीका बखतमा १ हजार १ सय भन्दा बढी जनालाई केही दिन खान पुग्ने गरी गोदावरी नगरपालीमा ‘कोभिड–१९ मा हामी तपाईको साथमा’ खाद्यान्न महाअभियान २०७८ सञ्चालन गरी खाद्यान्न वितरण गर्नुका साथै उनले अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालयका सबै स्टाफलाई पुग्ने गरी फेस सिल्ड, माक्स तथा सेनिटाइजर सहयोग गरेका थिए ।

कोरोना महामारीका समयमा मात्रै नभई उनले अन्य समयमा पनि समाजका आवश्यकता परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन । डोटीको दिपायल सिलगढी नगरपालिका – ८ कठनाकी कल्पना ढोलीको आँखा उपचारको लागी अभियान संचालन गरि देश विदेशबाट २ लाख १५ हजार संकलन गरी आँखाको उपचार गराई आँखा देख्न सक्ने बनाउन सफल भएको उनले बताए ।

उनले आफ्नै पहलमा सोही वडाका नारीदाङ, कठना, सलडा, तिमृदह लगायतका गाउँमा विधुत विस्तारका बजेट विनियोजन गराइ अध्यारोमा रहेका करीब ३ हजार नागरीकलाई अध्यारोमुक्त समेत बनाएको बताए ।

यसका साथै बिनासकारी भुकम्प आउँदा भुकम्पले क्षती पु¥याएका क्षेत्रमा सहयोगको लागि कैलाली जिल्ला प्रशासन मार्फत उनकै नेतृत्वमा आर्थिक सहयोग भएको थियो भने गोर्खाको वारपाक लगायत अन्य ठाउँगरी करिब १२ लाख बराबरको औषधी उपचार, खाद्यान्न, लुगा, पाल, पानी, चिउरा, चाउचाउ, टिन लगायतका सामग्री समेत सहयोग गरिएको थियो । उनले विगतदेखि नै सामाजिक क्षेत्रमा रहेर समाजको हितका लागी कार्य गर्दै आएका छन ।

२०७८ सालको हालसम्म हेर्दा उनले गरेका मुख्य मुख्य सामाजिक कार्यहरुलाई तल बुदाँगत रुपमा प्रस्तुत गरिएको छ ।

 जन आन्दोलनमा खाद्यान्न, रक्तदान, आर्थिक सहयोग, निशुल्क उपचार सेवा ।

 २०७६ साल बैशाखको विनाशकारी हावाहुरीले उडाएका गोदावरी न.पा. ५ गेटामा दुईवटा घर निर्माण गरी घरमालिकलाई हस्तान्तरण गरेको ।

 कोभिड–१९ को पहिलो लहरका वेलामा भारतबाट आएका २८३८ जनालाई खाना, नास्ता, चिउरा चाउचाउ, फलफुल, पानी र गाडिको व्यवस्था सुरक्षित तरीकाले घर तथा क्वारेन्टाईन सम्म जानलाई व्यवस्थापन गर्नुको साथै सुरक्षाकर्मीलाइ सेनिटाइजर वितरण गरेको ।

 अत्तरीयामा पहिलो पक्की गेट निर्माण गरेको ।

 देशभरी १२ हजार पारामेडिक्स स्वास्थ्यकर्मिलाई स्वरोजगार बनाई दैनिक १ लाख २० हजार नेपाली नागरीकले सहजै स्वास्थ्य सेवा पाउने वातावरण मिलाएको ।

 देश भरिका करिब १ लाख पारामेडिक्सलाई एउटै छातामुनी ल्याउन कैलाली जिल्लाको अत्तरियाबाट नेपाल सि.एम.ए. संघ गठन गरी नेपालभरीका ६५ जिल्लामा संगठन विस्तार मार्फत स्वास्थ्यमा पहुँच नभएको ठाउमा स्वास्थ्य सेवा दिने वातावरण मिलाएको ।

navjiwan hospital

 डोटी जिल्ला दिपायल सिलगढी न. पा.वार्ड न. ०८ नारीदाङको चौखान मा. वि.लाई आर्थिक सहयोग तथा पक्की सरस्वतीको मन्दिर निर्माण गरी हस्तान्तरण गरिएको ।

 डोटी जिल्ला दिपायल सिलगढी न. पा.वार्ड न. ०८ नारीदाङ, कठना, सलडा, तिमृदहमा विधुत विस्तारका लागी पहल गरी बजेट विनियोजन गराइ अध्यारोमा रहेका करीब ३ हजार नागरीकलाई अध्यारोमुक्त बनाएको ।

 मष्टा धामको अनुसन्धान र अध्ययन गरी विश्वको एकमात्र वृहत मष्टा धामको निमार्ण कार्य सुरुवात गरेको ।

 पारामेडिक्सलाई अधिकार सम्पन्न गराउनको लागी २ पटक राष्ट्रिय आन्दोलनको नेतृत्व गरेको ।

 गोदावरी नगरपालिकालाई पहिलो चरणको कोभिड–१९ महामारीमा खाद्यान्न सहयोग गरेको ।

 डोटी जिल्ला दिपायल सिलगढी न. पा.वार्ड न. ०८ नारीदाङको कठनाकी कल्पना ढोलीको आखा उपचारको लागी अभियान संचालन गरि देश विदेशबाट २ लाख १५ हजार संकलन गरी आँखाको उपचार गराई आखा देख्न सक्ने बनाउन सफल भएको ।

 विभिन्न संघ, संस्था, ब्यक्ती, क्यान्सर, मृगौला रोगी, गरीब असहाय व्यक्तीहरुलाई लाखौ रुपया नगद सहयोग गर्दै आएको ।

 बिनासकारी भुकम्प आउँदा भुकम्पले क्षती पु-याएका क्षेत्रमा सहयोगको लागि कैलाली जिल्ला प्रशासन मार्फत खातामा नगद सहयोग रकम जम्मा र गोर्खाको वारपाक लगायत अन्य ठाउँगरी करिब १२ लाख बराबरको औषधी उपचार, खाद्यान्न, लुगा, पाल, पानी, चिउरा, चाउचाउ, टिन सहयोग गरेको ।

 दोस्रो लहरको कोभिड–१९ को महामारीका बखतमा १ हजार १ सय भन्दा बढी जनालाई केही दिन खान पुग्ने गरी गोदावरी नगरपालीमा ‘कोभिड–१९ मा हामी तपाईको साथमा, खाद्यान्न महा अभियान २०७८’ मार्फत खाद्यान्न वितरण तथा अत्तरिया पुलिसचौकीका सबै स्टाफलाई पुगनेगरी फेस सिल माक्स, सेनिटाइजर सहयोग गरेको ।

 गो.न.पा. वार्ड नं. ११ मा असाय एकल महिला हिमकला विकको घर निमार्ण कार्य गरेको ।

 २०७७/७८ मा ‘दिगो विकास समृद्ध गोदावरी अभियान’ मार्फत सुझाव संकलन गरी तिनै तहका जनप्रतिनीधीलाई सुझाव दिने कार्य गरिएको ।

 तराईमा हावाहुरी आउदा वारा, पर्सा र सर्लाहीमा टर्च, झुल, स्वास्थ्य शिविर, औषधी उपचार निशुल्क, खाद्यान्न लुगाकपडा सहयोग गरेको ।

 २८ जिल्लामा मोटरसाईकल यात्रा गरी उक्त जिल्लामा बिभिन्न बिकासका कार्य अवलोकन गरी ‘दिगो बिकास, समृद्ध गोदावरी’ भन्ने अभियानको थालनि गरेको ।

 स्वास्थ्य क्षेत्रलाई गाउँ–गाउँ सम्म पु¥याउनका लागी नेपालको ५७ जिल्ला गई आवश्यक वातावरण मिलाएको ।

 कोभिड–१९ को दोस्रो लहरमा कोभिड पोजेटिभ भई घरमा बसेका बिरामीलाई ‘कोभिड–१९ मा हामी तपाईको साथमा’ अभियान मार्फत सुझाव सल्लाह दिने कार्य गरेको ।

 बिस बर्ष देखि स्वास्थ्य सेवा प्रदान गरी लाखौ नागरीकलाई उपचार सेवा तथा परार्मश सेवा दिने कार्य गरेको ।

 बिभिन्न बहानामा पारामेडिक्सलाई स्वास्थ्य सेवा प्रदान गर्न नदिनको लागि लगाएका लगभग ७ सय जती मुद्दाबाट मुक्ति दिलाईएको ।

 स्वास्थ्य क्षेत्र बाहेक अन्य क्षेत्रमा सयौं युवाहरुलाई रोजगारीमा लगाईएको ।

 अत्तरियामा रहेको अपांगता भएका बालबालीका अध्ययनरत सुप समावेशी आधारभुत विद्यालयलाई सहयोग गरेको ।

 २०५६ सालमा मालाखेती गाबिस अन्तरगत रहेका करीब २ हजार विद्यार्थीलाई आफ्नै खर्चमा निःशुल्क रुपमा इन्सिफलाईटिसको तालिम दिएको ।