सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति (साइप्रस) को प्रथम अधिवेशन सम्पन्न भएको छ । साईप्रसका प्रमुख अभियन्ता कृप थापाको सभापतित्वमा भएको प्रथम अधिबेशन कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष धन बहादुर बलायर रहेका थिए भने विशिष्ट अथितिमा सुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका सल्लाहकार हिक्मत बहादुर थापा, अन्तर्राष्ट्रिय समितिका सचिव उमेश जोशी, नेपाल संयोजक चेत बहादुर थापा, द–एसिया संयोजक दिनेश खड्का (खप्तडी) रहेका थिए ।

कर्मभूमीमा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्यलाई आत्मसात गर्दै साईप्रसमा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिम बासीहरूको विशेष सक्रियतामा साईप्रसमा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको छाता संगठनको रुपमा स्थापना भएको निर्वाचन समितिका संयोजक तथा अभियन्ता कृप थापाले जानकारी दिए ।

उक्त अधिवेशनले संरक्षकमा कृप थापा र सलाहकारमा कुमार सिंहलाई चयन गरेको छ भने डम्बर बहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय समिति सर्वसहमत चयन गरिएको छ ।
जसमा उपाध्यक्षमा नृप साउँद, लक्ष्मी कुमारी थापा, महासचिवमा रमिता चन्द (रितु), सचीवमा धिराज खड्का, कोषाध्यक्षमा, अनिल जङ्ग सिंह, सदस्यहरु क्रमश धुर्व ढकाल, गिता शाही, आशिष बम, रमेश बजगाई, कैलाश चन्द, राजेन्द्र साउद, साजन छेत्री किशोर मल्ल, चेतन चन्द रहेका छन् । रमिता चन्दले स्वागत मन्तव्य राखेको कार्यक्रमको सन्चालन कुमार सिंहले गरेका थिए ।

















