दार्चुला – विप्लप नेृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुलामा ‘तुईन घटना र राष्ट्रियताको सवाल’ का बिषयमा अन्तरक्रिय कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार खलंगामा उक्त पार्टीका नेता कार्यकर्ताहरु सहित बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, बिभिन्न संघ सस्थाका प्रतिनिधि लगायतको सहभागितामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी दार्चुलाका सचिव भरत मल्लको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुन रहेक थिए ।

कार्यक्रममा बोल्दै पुनले पार्टी राष्ट्रियताको सवालमा दृढ़ रहेको र जय सिंह धामीको न्यायको लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताए ।
उनले आफ्नो पार्टीको आधिकारिक धारणा सहित सम्पूर्ण राजनीति दल र विभिन्न संघसंस्थाका सहभागी प्रतिनिधिहरुलाई राष्ट्रियता, आत्मसम्मान र स्वाभिमानका सवालमा एकजुट भएर अगाडि बढन अपिल गरे ।
अन्तरक्रिया कार्यक्रममा नेकपा (एमाले) का जिल्ला नेता नरसिंह चैसिर, साझा विवेकशील पार्टीका जिल्ला नेता चक्र बम, उधोग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुन्ना, पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्ण सिंह धामी, दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण सिंह साउद, पुराना वामपन्थी नेता प्रभातले तुईन घटना र राष्ट्रियता बारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य डबल शाहले तुईन घटना र राष्ट्रियताको सवाल विषयक अन्तरक्रिया कार्यक्रमको औचित्य बारे प्रष्ट पारेका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य डबल शाह, कंचनपुरका पार्टी सचिव रमेश परियार, डडेल्धुराका पार्टी सचिव विजय, महिला सङ्गठनकि नेता पुर्णिामा धामी, विद्यार्थी नेता विरेन्द्र शाह, समाजवादी मंचका केन्द्रीय सदस्य दमन नेपाली, महिला नेता पार्वती सिंह लगायत जिल्ला स्तरका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
















