अत्तरिया – सुदूरपश्चिममा ५७ जना कोरोना संक्रमित थपिएका छन ।
बुधबार ८९४ जनामा गरिएको एन्टिजेन परिक्षणमा २२ र २११ जनामा गरिएको पिसिआर परिक्षणमा ३५ गरी ५७ जनामा संक्रमण पुष्टि भएको हो ।


यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या ४५ हजार ८ सय ५२ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बुधबार ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन ।
यससँगै प्रदेशमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३६ हजार ३ सय ११ पुगेको छ । पछिल्लो ५ दिन यताको तथ्यांक हेर्दा प्रदेशमा बुधबार सबै भन्दा बढी कोरोना संक्रमित थपिएका हुन ।

















