बैतडी – बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । भीरबाट लडेर सुर्नया गाउँपालिका ७ कठमडाकी १३ बर्षीया रुपा साउँदकोको मृत्यु भएको हो ।
उनको गोरुलोटे भन्ने भीरमा घास काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको साउँदका आफन्तले जनाएका छन । साउँद केदार मावि कठमडामा कक्षा ५ मा अध्ययनरत थिइन् ।