खाेज्नुहाेस

अत्तरिया खबर राष्ट्रिय दैनिक दोस्रो वर्षमा प्रवेश

Image

अत्तरिया – कैलालीको अत्तरियाबाट प्रकाशित अत्तरिया खबर राष्ट्रिय दैनिक दोस्रो वर्षमा प्रवेश गरेको छ ।

सुदूरपश्चिम प्रदेशको स्थायी मुकाम तोकिएको अत्तरियाबाट २०७७ साल भदौ १ गतेबाट प्रकाशन थालेको उक्त दैनिकले सफलतापुर्वक आफ्नो प्रकाशनको एक वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको हो ।

attariya hospital
navjiwan hospital

दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा दैनिकले वृक्षारोपण तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रमको तयारी थालेको दैनिकका प्रकाशक तथा सम्पादक राजकुमार साउँदले जानकारी दिए ।

‘कोरोना महामारीले विकराल रुप लिएको अवस्था थियो, सञ्चालनमा आएका अन्य पत्रपत्रिकाहरु पनि बन्द हुने अवस्थामा थिए’ साउँदले भने ‘त्यस्तो अवस्थामा जनतालाई सत्यतथ्य सुचना सन्देश दिने र समाज विकाशका लागी अग्रणी भुमिका निर्वाह गर्ने लक्ष्यका साथ हामीले यो पत्रिका सञ्चालनमा ल्याएका हौ ।’

महामारीका बिचमा सुरु भएको पत्रिकालाई सफलता पुर्वक एक वर्ष पुरा गर्न सहयोग गर्ने सम्पुर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता लगायतलाई उनले धन्यवाद ज्ञापन गरे । यसका साथै उनले आगामी दिनहरुमा पनि सबैको उत्तिकै साथ र सहयोग पाउने विश्वास लिएको बताए ।

पत्रिका सञ्चालनको छोटो समयमा नै सबैबाट पाएको माया र स्नेहले थप उर्जा प्राप्त भएको बताउदै उनले उत्तरदायी, जिम्मेवार र तथ्यपरक पत्रकारिताका लागि सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।