अत्तरिया – कञ्चनपुरबाट खैरो हिरोईन सहित २ जना पक्राउ परेका छन । सशस्त्र प्रहरीको सीमा गस्ती टोलीले जिल्लाको बेलडाँडी गाउँपालिका – ३ का १९ बर्षीय बिशाल चौधरी र भिमदत्त नगरपालिका – ६ का १८ बर्षीय सुमित डगौरालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ७ दशमलव ६५ मिलिग्राम खैरो हिरोईन बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर कन्चनपुरले जनाएको छ ।

उनीहरुलाई से ४ प ९४१९ नम्बरको मोटरसाईलकमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाईएको जनाईएको छ ।

















