खाेज्नुहाेस

धनगढीको निसर्ग हस्पिटलद्धारा निःशुल्क ‘टेलीमेडिसिन सेवा’ सञ्चालन

Image

धनगढी – धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई समेत विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्य अनुसार प्रदेशमै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको हस्पिटलले जनाएको छ ।

attariya hospital

निसर्ग हस्पिटलमा कार्यरत विशेषज्ञ चिकित्सकले ‘टेलीमेडिसिन सेवा’ को माध्यमबाट सात वटै पहाडी जिल्लाका बिरामीहरुलाई आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्ने हस्पिटलका स्वास्थ्य निर्देशक डा.मिराज आलम अन्सारीले जानकारी दिए ।

navjiwan hospital

हस्पिटलका अध्यक्ष तीर्थ राज पन्तले सोमबार देखि बझाङबाट ‘टेलीमेडिसिन सेवा’सुरु गरिएको बताउँदै छिट्टै अन्य जिल्लामा पनि सेवा विस्तार गरिने जनाए ।

जीआईजेड र मिदास टेक्नोलोजीप्राइभेट लिमिटेडसँगको सहकार्यमा बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको उनले बताए । ‘टेलीमेडिसिन सेवा’मार्फत स्वास्थ्य परीक्षण तथा परामर्श लिएको शुुल्क भने लाग्ने छैन ।

‘टेलीमेडिसिन सेवा’ले विशेषज्ञ स्वास्थ्य सेवाका लागि पहाडी जिल्लाबाट धनगढी लगायतका ठाउँ धाउनुपर्ने बाध्यता हट्ने विश्वास समेत लिइएको छ । सुदूरपश्चिमको सामाजिकविकास मन्त्रालयका अनुसार प्रदेशमा अहिलेसम्म कुुनै पनि अस्पतालले ‘टेलीमेडिसिन सेवा’ सञ्चालन गरेका छैनन् ।

सेती प्रादेशिक अस्पतालमा सेवा सञ्चालनका लागि बजेट विनियोजन गरिए पनि हाल सम्म सो सेवा सञ्चालनमा आउन सकेको छैन । निजीतथा सरकारी स्तरबाट प्रदेशमा ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा नभएका बेला निसर्ग हस्पिटलले सो सेवा थालनी गरेको हो ।